Skip to main content

Posts

Showing posts from 2010

धनु राशी

२०६६ साल » धनु राशी य यो भा भी भू ध फा ढ भे यो २०६६ साल हो । यस वर्षतपाईको राशिको दोस्रो स्थानमा राहु र आठौँ स्थानमा केतु रहेका छन् । त्यसकारण राहु र केतुका स्थानमा प्रभावले तपाईले विभिन्न प्रकारको कष्टको सामना गर्नुपर्ला । होसियार भएर काम गर्नु राम्रो हुनेछ । पुरानु सम्पत्ति नोकरी व्यापार आदिमा विवाद पर्न सक्ला । रोग बिरामीले परिवारमा झमेला होला । कर्जा लिनु दिनु हानिकारक छ । तपाईको भाग्य पक्ष दुर्बले रहला । कार्त्तिक १८ गतेबाट राहु जन्मराशिमा र केतु सातौँ स्थानमा जानाले भोग विलासमा तपाईको रुचि बढ्ला । तपाईको बोलीमा कठोरमा आउला । हरेक ठाँउमा विस्वासी र साहसी बन्नु तपाईका लागि राम्रो हुनेछ । लकिर फकिर भएर कुनै पनि काम नगर्नुहोला । खराब संगत भए त्याग्नुहोला । धार्मिक शिक्षा राजनीति तथा लेखन प्रकाशनका काममा सफलता मिल्ला । गुरु बृहस्पति तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईले कतैको भ्रमण गर्नुपर्ला । पर्यटन, प्रतियोगिता वा प्रतिस्पर्धाको समय सुरु होला । प्रयत्न गरेमा हरेक क्षेत्रमा प्रतिष्ठा कायम होला । नोकरी व्यवासायको पक्ष मध्यम रहला । अनावश्यक खर्च गर्नुपर्ला । दौडधु