Skip to main content

धनु राशी

धनु
२०६६ साल » धनु राशी
य यो भा भी भू ध फा ढ भे
यो २०६६ साल हो । यस वर्षतपाईको राशिको दोस्रो स्थानमा राहु र आठौँ स्थानमा केतु रहेका छन् । त्यसकारण राहु र केतुका स्थानमा प्रभावले तपाईले विभिन्न प्रकारको कष्टको सामना गर्नुपर्ला । होसियार भएर काम गर्नु राम्रो हुनेछ । पुरानु सम्पत्ति नोकरी व्यापार आदिमा विवाद पर्न सक्ला । रोग बिरामीले परिवारमा झमेला होला । कर्जा लिनु दिनु हानिकारक छ । तपाईको भाग्य पक्ष दुर्बले रहला ।

कार्त्तिक १८ गतेबाट राहु जन्मराशिमा र केतु सातौँ स्थानमा जानाले भोग विलासमा तपाईको रुचि बढ्ला । तपाईको बोलीमा कठोरमा आउला । हरेक ठाँउमा विस्वासी र साहसी बन्नु तपाईका लागि राम्रो हुनेछ । लकिर फकिर भएर कुनै पनि काम नगर्नुहोला । खराब संगत भए त्याग्नुहोला । धार्मिक शिक्षा राजनीति तथा लेखन प्रकाशनका काममा सफलता मिल्ला ।

गुरु बृहस्पति तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईले कतैको भ्रमण गर्नुपर्ला । पर्यटन, प्रतियोगिता वा प्रतिस्पर्धाको समय सुरु होला । प्रयत्न गरेमा हरेक क्षेत्रमा प्रतिष्ठा कायम होला । नोकरी व्यवासायको पक्ष मध्यम रहला । अनावश्यक खर्च गर्नुपर्ला । दौडधुप पनि गर्नुपर्ला ।

असार महिनाबाट गुरुका तर्फबाट पदोन्नति स्थानान्तरण समस्या होाल । गृह निर्माणको काममा रोकावट आउन सक्ला । उन्नत पदस्थापनको अवस्था आएर पनि रोकिएला । जीवनसाथी र सन्तानका तर्फबाट सुख सन्तोष सामान्य होला । लोकप्रियता कायम रहला । इज्जत रहला । कतैको यात्रा होला ।

साउन २४ गतेबाट पुनः दोस्रो फर्किएकाले माता पिता पत्नी पति र सन्तानको सुख सामान्य होला । धनको धेरै खर्च होला । कलहले मुद्दा मामिलामा पैसा खर्च होला । हित हुने कार्यमा मन लगाउनु राम्रो हुनेछ । मंसिर २९ गतेपछाडि गुरुका तर्फबाट इष्टमित्रका सहयोगले इच्छा पुरा होला । सम्पत्तिमा विवाद पर्ला । कडा प्रश्न आउला । आजीवीकाका लागि नयाँ साधन उपलब्ध होला । सामान्य उन्नतिको प्रयास सफल होला । अध्यात्मिक रुचि रहला । सफल पनि होला ।

शनि वर्षहरुदेखि नै नवौँ स्थानमा भएकाले काममा साहस थपिएला । प्रयत्नले अनिवार्य सपलता मिल्ला । विविध चिन्ताका बाबजुद दिनचर्या क्रमशः सुधार होला । महत्वपूर्ण आकांक्षा पुरा होला । शान्ति तथा अनुकुलता मिल्ला । बालबच्चाको सुख राम्रो होला । धर्ममा रुचि होला ।

भाद्र २० गतेबाट शनि तपाईको दशौँ स्थानमा प्रवेश गरेकोले शुभ फल मिल्ला । उच्च अधिकारीबाट सुख सहयोग होला । तपाईका प्रभाव शक्ति बढ्ला । विविध कार्ययोजना सफल होला । आर्थिक लाभको हिसाबले र्सार्वभौम सफलता मिल्ला । श्रेष्ठ जनसँगको सर्म्पर्कले उन्नति मिल्ला । परिश्रम अधिक गर्नुपर्ला । अर्थतन्त्र तथा शरिरको सन्तुलन ठीक रहला ।

माघ महिनाबाट उल्टो शनिका कारणले मन भट्किएला । कुनै प्रिय जनको बियोग होला । आन्तरिक पीडा होला । चिन्ता पर्ला । आरोग्य र सुख मध्यम रहला । पढाइ र लेखाइमा स्मरणीय सफलता मिल्ला । माता पिता गुरुजनको सहयोगले उन्नति होला 

Comments

Popular posts from this blog

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा भाग्यभावमा बृहस्पति र राहुको योगसम्बन्धले अवसर र बाधा एकसाथ देखापर्नेछन्। लगनशीलताले कामका बाधाहरू पन्छाउन सकिनेछ भने आलस्य गर्ने बानीले पछि पार्न सक्छ। केही संघर्ष गर्नुपरे पनि वर्षारम्भमा राम्रै उपलब्धि हातलागी हुनेछ। प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक रूपमा ख्याति बढ्नेछ। धर्मकर्म तथा परोपकारका काममा प्रवृत्त भइनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम कमाउने मौका छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै दाम्पत्यमा आत्मीयता बढ्ने ग्रहयोग छ । भौतिक र सम्पत्ति लाभ हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जाने अवसर जुर्न सक्छ। साउन २२ पछि कर्मभावमा बृहस्पति प्रवेश गर्नाले कर्मक्षेत्र सबल बन्नुका साथै नयाँ कामसमेत शुभारम्भ हुन सक्छ। शनिदेवको फागुन ५ सम्म आद्य र उप्रान्तको मध्य साढेसातीले आर्थिक पक्ष भने कमजोर बनाउन सक्छ। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न बाधा आइपर्ने सम्भावना छ। साढेसातीको प्रभाव हुनेहरूले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ। यो वर्ष तुलनात्मक रूपमा स...

धनु राशि वार्षिक राशिफल २०८२

राशि: धनु (Sagittarius) | स्वामी: बृहस्पति | रंग: पहेंलो, निलो | मूलांक: ३, ६, ९ सामान्य वार्षिक फल: प्रिय धनु राशिका साथीहरु, २०८२ साल तपाईंको लागि विस्तार, यात्रा र ज्ञानप्राप्तिको वर्ष हुनेछ। बृहस्पति ग्रहको कृपाले तपाईंलाई optimism, wisdom र नयाँ अनुभवहरु प्रदान गर्नेछ। यस वर्ष तपाईंले long-distance travel, higher education वा spiritual pursuits मा सफलता पाउनुहुनेछ। तर, overconfidence र impatience बाट सावधान रहनुहोला। आफ्नो honesty लाई diplomacy सँग balance गर्नुहोला। New opportunities लाई embrace गर्न तयार हुनुहोस्। करियर र शिक्षा: Career को लागि यो वर्ष excellent छ। Teaching, law, publishing, foreign trade र tourism जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Overseas opportunities आउन सक्छन्। Students ले higher studies र competitive exams मा सफलता पाउनेछन्। New skills सिक्नुहोस्। आर्थिक स्थिति: Financial status मा improvement आउनेछ। Foreign investments र currency exchange बाट लाभ हुन सक्छ। Travel र education मा spending बढ्न सक्छ। Financial planning महत्वपूर्ण छ। वर्षको...