Skip to main content

धनु राशी

धनु
२०६६ साल » धनु राशी
य यो भा भी भू ध फा ढ भे
यो २०६६ साल हो । यस वर्षतपाईको राशिको दोस्रो स्थानमा राहु र आठौँ स्थानमा केतु रहेका छन् । त्यसकारण राहु र केतुका स्थानमा प्रभावले तपाईले विभिन्न प्रकारको कष्टको सामना गर्नुपर्ला । होसियार भएर काम गर्नु राम्रो हुनेछ । पुरानु सम्पत्ति नोकरी व्यापार आदिमा विवाद पर्न सक्ला । रोग बिरामीले परिवारमा झमेला होला । कर्जा लिनु दिनु हानिकारक छ । तपाईको भाग्य पक्ष दुर्बले रहला ।

कार्त्तिक १८ गतेबाट राहु जन्मराशिमा र केतु सातौँ स्थानमा जानाले भोग विलासमा तपाईको रुचि बढ्ला । तपाईको बोलीमा कठोरमा आउला । हरेक ठाँउमा विस्वासी र साहसी बन्नु तपाईका लागि राम्रो हुनेछ । लकिर फकिर भएर कुनै पनि काम नगर्नुहोला । खराब संगत भए त्याग्नुहोला । धार्मिक शिक्षा राजनीति तथा लेखन प्रकाशनका काममा सफलता मिल्ला ।

गुरु बृहस्पति तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईले कतैको भ्रमण गर्नुपर्ला । पर्यटन, प्रतियोगिता वा प्रतिस्पर्धाको समय सुरु होला । प्रयत्न गरेमा हरेक क्षेत्रमा प्रतिष्ठा कायम होला । नोकरी व्यवासायको पक्ष मध्यम रहला । अनावश्यक खर्च गर्नुपर्ला । दौडधुप पनि गर्नुपर्ला ।

असार महिनाबाट गुरुका तर्फबाट पदोन्नति स्थानान्तरण समस्या होाल । गृह निर्माणको काममा रोकावट आउन सक्ला । उन्नत पदस्थापनको अवस्था आएर पनि रोकिएला । जीवनसाथी र सन्तानका तर्फबाट सुख सन्तोष सामान्य होला । लोकप्रियता कायम रहला । इज्जत रहला । कतैको यात्रा होला ।

साउन २४ गतेबाट पुनः दोस्रो फर्किएकाले माता पिता पत्नी पति र सन्तानको सुख सामान्य होला । धनको धेरै खर्च होला । कलहले मुद्दा मामिलामा पैसा खर्च होला । हित हुने कार्यमा मन लगाउनु राम्रो हुनेछ । मंसिर २९ गतेपछाडि गुरुका तर्फबाट इष्टमित्रका सहयोगले इच्छा पुरा होला । सम्पत्तिमा विवाद पर्ला । कडा प्रश्न आउला । आजीवीकाका लागि नयाँ साधन उपलब्ध होला । सामान्य उन्नतिको प्रयास सफल होला । अध्यात्मिक रुचि रहला । सफल पनि होला ।

शनि वर्षहरुदेखि नै नवौँ स्थानमा भएकाले काममा साहस थपिएला । प्रयत्नले अनिवार्य सपलता मिल्ला । विविध चिन्ताका बाबजुद दिनचर्या क्रमशः सुधार होला । महत्वपूर्ण आकांक्षा पुरा होला । शान्ति तथा अनुकुलता मिल्ला । बालबच्चाको सुख राम्रो होला । धर्ममा रुचि होला ।

भाद्र २० गतेबाट शनि तपाईको दशौँ स्थानमा प्रवेश गरेकोले शुभ फल मिल्ला । उच्च अधिकारीबाट सुख सहयोग होला । तपाईका प्रभाव शक्ति बढ्ला । विविध कार्ययोजना सफल होला । आर्थिक लाभको हिसाबले र्सार्वभौम सफलता मिल्ला । श्रेष्ठ जनसँगको सर्म्पर्कले उन्नति मिल्ला । परिश्रम अधिक गर्नुपर्ला । अर्थतन्त्र तथा शरिरको सन्तुलन ठीक रहला ।

माघ महिनाबाट उल्टो शनिका कारणले मन भट्किएला । कुनै प्रिय जनको बियोग होला । आन्तरिक पीडा होला । चिन्ता पर्ला । आरोग्य र सुख मध्यम रहला । पढाइ र लेखाइमा स्मरणीय सफलता मिल्ला । माता पिता गुरुजनको सहयोगले उन्नति होला 

Comments

Popular posts from this blog

२०७२ सालको बार्षिक राशि फल

ग्रह गोचर प्रतिकूल रहनेछ । समस्याहरू धेरै आउनेछन् । कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँगबढ्नेछ । मानसिक तनाव उच्च विन्दुमा पुग्ने, निकटजनहरुसँग बिना कारण टाढिनु पर्ने आवस्था आउन सक्छ । घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ । पेटको रोग बढ्ने, उच्च रक्त चापबढ्ने र खर्चधेरै हुने योगछ । झुटाआरोप पनि लाग्नेछन् ।नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला । रोजगारीकोलागि निकै भौंतारिनु पर्ला । राजनीतिमा चारैतिरबाट आक्रमण हुनेछ, सानो कुराले पनि पद तथा प्रतिष्ठा गुम्न सक्छ, दाजुभाइसँग सम्वन्ध विग्रनेछ । सहयोगी र सेवकहरू छोडेर जाने धम्की दिन थाल्नेछन् । सन्तानसँग विमति, पति–पत्नीबीच विवाद बढ्ने भएकोले शर्तक हुनु पर्ला । आषाढ २६ देखि गुरु अनुकूल भएकाले भाग्य बलियो हुने,शैक्षिक क्षेत्रमा सुधार आउने, सन्तानहरुसँगको सम्वन्धमा सुधार आउने हुनाले मनोबल बढ्नेछ । धार्मिककार्यमा रुचि बढ्ने, व्यापारमा सुधार आउने, पति–पत्नीबीच विग्रिएको सम्वन्ध राम्रो हँुदैजानेछ । वैदेशिक कार्य सफल हुनेछन्, माघदेखि राहुको परिवर्तनले नोकरीमा आउने अवरोध हटेर जानेछन् ।राजनीतिमा आउने...

धनु राशि वार्षिक राशिफल २०८२

राशि: धनु (Sagittarius) | स्वामी: बृहस्पति | रंग: पहेंलो, निलो | मूलांक: ३, ६, ९ सामान्य वार्षिक फल: प्रिय धनु राशिका साथीहरु, २०८२ साल तपाईंको लागि विस्तार, यात्रा र ज्ञानप्राप्तिको वर्ष हुनेछ। बृहस्पति ग्रहको कृपाले तपाईंलाई optimism, wisdom र नयाँ अनुभवहरु प्रदान गर्नेछ। यस वर्ष तपाईंले long-distance travel, higher education वा spiritual pursuits मा सफलता पाउनुहुनेछ। तर, overconfidence र impatience बाट सावधान रहनुहोला। आफ्नो honesty लाई diplomacy सँग balance गर्नुहोला। New opportunities लाई embrace गर्न तयार हुनुहोस्। करियर र शिक्षा: Career को लागि यो वर्ष excellent छ। Teaching, law, publishing, foreign trade र tourism जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Overseas opportunities आउन सक्छन्। Students ले higher studies र competitive exams मा सफलता पाउनेछन्। New skills सिक्नुहोस्। आर्थिक स्थिति: Financial status मा improvement आउनेछ। Foreign investments र currency exchange बाट लाभ हुन सक्छ। Travel र education मा spending बढ्न सक्छ। Financial planning महत्वपूर्ण छ। वर्षको...