Skip to main content

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा भाग्यभावमा बृहस्पति र राहुको योगसम्बन्धले अवसर र बाधा एकसाथ देखापर्नेछन्। लगनशीलताले कामका बाधाहरू पन्छाउन सकिनेछ भने आलस्य गर्ने बानीले पछि पार्न सक्छ। केही संघर्ष गर्नुपरे पनि वर्षारम्भमा राम्रै उपलब्धि हातलागी हुनेछ। प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक रूपमा ख्याति बढ्नेछ। धर्मकर्म तथा परोपकारका काममा प्रवृत्त भइनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम कमाउने मौका छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै दाम्पत्यमा आत्मीयता बढ्ने ग्रहयोग छ । भौतिक र सम्पत्ति लाभ हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जाने अवसर जुर्न सक्छ। साउन २२ पछि कर्मभावमा बृहस्पति प्रवेश गर्नाले कर्मक्षेत्र सबल बन्नुका साथै नयाँ कामसमेत शुभारम्भ हुन सक्छ। शनिदेवको फागुन ५ सम्म आद्य र उप्रान्तको मध्य साढेसातीले आर्थिक पक्ष भने कमजोर बनाउन सक्छ। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न बाधा आइपर्ने सम्भावना छ। साढेसातीको प्रभाव हुनेहरूले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ। यो वर्ष तुलनात्मक रूपमा साउन, मंसिर र चैत महिना अलि प्रतिकूल रहनेछन् भने जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहनेछन्।

Comments

Popular posts from this blog

पुष २०८० धनु राशि को राशिफल

  पुष महिनामा समग्रमा सकारात्मक महिना रहेको छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ । महिनाको उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवालयको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु राशी

२०६६ साल » धनु राशी य यो भा भी भू ध फा ढ भे यो २०६६ साल हो । यस वर्षतपाईको राशिको दोस्रो स्थानमा राहु र आठौँ स्थानमा केतु रहेका छन् । त्यसकारण राहु र केतुका स्थानमा प्रभावले तपाईले विभिन्न प्रकारको कष्टको सामना गर्नुपर्ला । होसियार भएर काम गर्नु राम्रो हुनेछ । पुरानु सम्पत्ति नोकरी व्यापार आदिमा विवाद पर्न सक्ला । रोग बिरामीले परिवारमा झमेला होला । कर्जा लिनु दिनु हानिकारक छ । तपाईको भाग्य पक्ष दुर्बले रहला । कार्त्तिक १८ गतेबाट राहु जन्मराशिमा र केतु सातौँ स्थानमा जानाले भोग विलासमा तपाईको रुचि बढ्ला । तपाईको बोलीमा कठोरमा आउला । हरेक ठाँउमा विस्वासी र साहसी बन्नु तपाईका लागि राम्रो हुनेछ । लकिर फकिर भएर कुनै पनि काम नगर्नुहोला । खराब संगत भए त्याग्नुहोला । धार्मिक शिक्षा राजनीति तथा लेखन प्रकाशनका काममा सफलता मिल्ला । गुरु बृहस्पति तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईले कतैको भ्रमण गर्नुपर्ला । पर्यटन, प्रतियोगिता वा प्रतिस्पर्धाको समय सुरु होला । प्रयत्न गरेमा हरेक क्षेत्रमा प्रतिष्ठा कायम होला । नोकरी व्यवासायको पक्ष मध्यम रहला । अनावश्यक खर्च गर्नुपर्ला । दौडधु...