Skip to main content

जीवनफल , स्वभाव र चरित्र, प्रेम सम्बन्ध तथा राशिसँगको सम्बन्ध


धनु
धनु राशी
य यो भा भी भू ध फा ढ भे

जीवन फल

तपाईको जीवन सुखमय नै रहनेछ । आफ्नो उन्नति र भाग्यको वृद्धि गर्ने, प्रत्येक काम कठोरले साध्य गर्ने मार्गतिर जान तत्पर रहने हुन्छ । बचनको धनी पक्कै हुनुहुन्छ  तर क्षण क्षणमा विचार बदल्ने व्यक्ति पनि तपाई नै हुनुहुन्छ । तपाईको विचारधारा दार्शनिक, धैर्ययुक्त, विचारपूर्ण, कला प्रेमी, एकान्तप्रेमी, स्वच्छताप्रिय तथा आराम चाहने छ । उदार हृदय, स्पष्ट वक्ता, विनम्र, शान्त, दयालु, परोपकारी सौर्न्दर्य प्रेमी, व्यवहार कुशल समयको विचार गर्ने हुनुहुन्छ । गम्भीर परिश्रमी र बढी गहिराइले सोच्ने विचार गर्ने शक्ति तपाईमा विद्यमान छ । कलाकार, शिक्षक, नेता, लेखक एवं पत्रकार हुने गुण तपाईमा भरपूर छ । तपाई ब्राहम्ण हुनुहुन्छ  भने वेद, पुराणादि एवं धर्ममा इच्छा राख्ने स्वभावको हुनुहुन्छ । तपाईका राशि स्वामी गुरु, क्षेत्रीय वर्णअग्नि तत्व द्धिस्वभाव संज्ञक हो ।
कठोर सिद्धान्तको मनस्थिति तपाईको छ । सात्विक वृत्ति अथवा श्रेष्ठ विचार गर्ने, श्रेष्ठ व्यक्तिको प्रिय, लेखक, भाषण, शिल्पकलामा निपूर्ण, राम्रो शीलको स्त्रीले युक्त, अभिमानी, अविचारपूर्ण कार्य निराकरण गर्ने तपाईको आदत छ । मनोहर बोली, तेजस्वी, चतुर एवं अत्यन्त कठोर परिश्रमको ख्यात्रि्राप्त गर्ने व्यक्ति तपाई हुनुहुन्छ । जिन्दगीमा केही बखत विदेशको यात्रा गर्नुहुनेछ । दिमाग स्थायी रहनेछैन । तपाईको लागि जुन महिना र प्रत्येक महिनाको ३,९, १९, २४ तारिख तथा शुक्रबारको दिन घातक छ । अतः यी दिनमा सावधान रहनुपर्ने हुन्छ । पूर्व दिशाको साइत गुरुबार गरे कार्य सिद्ध हुनेछ । कुनै अपराधीलाई शीघ्र क्षमा गर्ने तपाईको स्वभाव हुनेछैन । पारिवारिक कारणमा प्रायः तपाईको मन दुखिरहन्छ । दौडधूप र यात्रादि आउने जाने जीवनभरी गर्नुपर्ने छ। अधिक भोजन र चास्स चुस्स खाने आदत हुनेछ । तपाई स्नान, ध्यान, भोजन, जलपान, सुत्न, उठ्न नियमित ठीक समयमा गर्न पाउनु हुनेछैन । यस विषयले तपाई विरामी हुन धेरै सम्भव छ । तपाइको मन पनि एकाग्र रहने छैन । अनियमित समयमा तपाई काम गर्नुहुन्छ । रुपैयाँ पैसाको कमी, चिन्ता नोक्सानी र व्यवहारमा झमेला होला । धनु राशिको स्त्री व्रत पूजा, पाठमा रुचि राख्ने हुन्छिन् । दान उपकार र मद्दत गर्नमा दक्ष हुनेछिन् । संगीत शील्प, घर गृहस्थी, सन्तान पालन आदि धेरै कलामा विद्धान रहनेछिन् । आफ्ना पतिको सुख सौभाग्यवती सन्तान, सुख मध्यम हुनेछ । तपाईको धनु राशिको जीवनमा एक ध्रुव हुनेछ  ।
लालचा, क्रोध र ठट्टावाजी तपाईको विशेषता हो ।स्त्रीको साधु महात्मा उद्योगपति साथ सर्म्पर्क उठबस होला । तपाई पराक्रमी भए पनि अतिनिन्द्रा आलस्यको कारण प्रायः आफूले बनाएको आफैले बिगार्नुहुन्छ । उही निरन्तर प्रगतिको प्रेरणा दिने हुनेछ । मनोहर आकृति, गम्भीर हृदय होला । तपाई प्रायः सात्विक, राजसी, तामसी तीन गुणले प्रभावित हुनुहुन्छ । साधारणतः तपाईको आफ्नो सर्म्पर्कमा रहने मानिसले धोका दिने, विश्वासघात गर्ने हुन्छन् । अन्त्य उमेरमा सन्तोषजनक धनलाभ, ख्याति मान, प्रतिष्ठा, भाग्योदय, धार्मिक प्रवृत्ति, जमिन, जायजेथाको खरिद विक्री  तथा देश विदेशको यात्रा सम्भव हुनेछ । कारोबार, नोकरी, कृषि व्यवसाय सफल हुनेछ । तपाई (स्त्रीको लागी) को पति बृहस्पति शुभग्रह हुनाले शुभफल दिनेछ । गुरु जब अशुभ छ र अशुभ फल दिनुपर्यो भने र्सवथा विनाशकारी हुनेछ । गुरुको स्वतन्त्र फल बताउन गाह्रो हुनेछ । गुरुको अशुभ फल विश्वको कोही प्राणी सहन नसक्ने हुन सक्छ । गुरुको अशुभ प्रभाव छिटो पर्छ । शुभ प्रभाव विलम्बसँग पनि आँउछ । धेरै त गुरु शुभकार नै हुन्छ । जन्मकालमा छैठौँ, आठौँ, बाह्रौँ र मकर राशिको अस्त गुरु अशुभ हुन्छ । गुरु वलवान छ भने विवध उपायद्धारा कर्मठ, ज्ञानी, धनवान र वलवान हुन्छ । यसमा सन्देह छैन । तपाईको स्मरणशक्ति राम्रो छ । निष्पक्ष, न्याय गर्ने क्षमता भएको हुनुहुन्छ । 

स्वभाव र चरित्र

यो राशिको स्वामी बृहस्पति ग्रह हो । यो राशिका मानिसहरु विचार र सिद्धान्तको खोजीमा लागिरहन्छन् । त्यसैले गर्दा कसै कसैले त यिनीहरुलाइ कस्त उदासिन खालका भनेर पनि सोच्ने गर्दछन् । उनीहरु भावनामा  डुबेर काम गर्दछन् । यिनीहरु जस्तोसुकै कष्टलाई पनि सहनसक्ने र दृढ भएर रहनसक्ने खालका हुन्छन् । यिनीहरु समय मुल्याकंन गर्न र समयअनुसारको लाभ उठाउनसक्ने  खालका र समयलाई बुझेका हुन्छन् । त्यसैले गर्दा पनि यिनीहरु समयअनुसार आफूलाई परिवर्तन गर्नसक्ने हुन्छन् । हरेक किसिमका सांस्कृतिक कार्यक्रममा भाग लिइरहन्छन् । आफैमा खुसी भएर रहन सक्छन् । यस राशिवालाहरु दुरगामी हुन्छन् । आत्मालाई पूर्णरुपमा अनुशासनमा राख्नसक्ने हुन्छन् । तर अर्काबाट यिनीहरु चल्ने खालमा हुदैनन् । आफ्ना प्रिय साथीहरुबाट पनि निर्देशन गरेको मन पराउदैनन् । यस राशिका मानिसहरु आफ्नो समस्या र रहस्यालाइ नभनिकन राख्नसक्ने हुन्छन् । शंकालु हुन्छन् त कहिले अर्काको मामलाको विषयमा ज्यादै रुचि राख्दछन् ।

प्रेम सम्बन्ध

धनु राशिका १०-१५ प्रतिशत व्यक्तिहरुमा प्रेम सम्बन्ध भमराको जस्तो हुन्छ । प्रेमी वा पत्नी असल गृहणी हुन्छिन् । यिनको प्रेम केही विपरीत लिंगमा हुन्छ । केही प्रेमिकाबाट वैराग्य लिनुपर्ने पनि हुन सक्छ । यिनीहरुको प्रेमिकाको विषयमा र्सवस्व दिने र विश्वाश गर्ने बानिले केही धोका पर्नसक्छ । यस राशिलाई कुम्भ, मीन, मिथुन र कन्या राशिका प्रेम सफल र गहनशील हुन्छ । यिनको व्यवहार, मन आदानप्रदान द्धिपक्षीय हुन्छ । स्त्रीका लागि नैर्सर्गिक गुण कुनै व्यक्तिमा हुन्छ । सुन्दर, मनोहर, प्रभावशाली र सुख व्यक्तिलाई मात्र तपाई आफ्नो जीवनसाथी बनाउनुहुन्छ । यिनीहरु सेक्सका सम्बन्धमा सुन्दर हुनु अति जरुरी सम्झन्छन् । यो राशिका प्रेमी प्रेमीकाहरु आर्दशवादी हुन्छन् । जसले केही मात्रामा यथार्थलाई पनि बुझेका हुन्छन् । वृष र कन्या सँगको प्रेममा अधिक सफलता प्रदान गर्ने छ अन्य सँग सामान्य नै रहनेछ ।

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मेष राशिसँग
धनु राशिको मेष राशिसँग व्याहारिक सम्बन्ध मध्यमै होला । यिनको आन्तरिक सद्भावना समृद्धशाली र जीवन प्रभावशाली हुनेछ । व्यापार, व्यवहार एवं परिवारको सम्बन्ध एक दोस्रोको हितकारी हुनेछ । कोही अरु राशि भएकाले, जबसम्म यी दुइवीच फुट गराउन गहिरो चाल चल्ने प्रयास गर्नेछन् । तापनि यिनको मायायुक्त जोडी बनेर नै छाड्ने छ । मेषक लागि धनुले गाइडको काम गर्ने छ र धनुले मेषको पूर्ण सुरक्षाको विश्वास गर्दै रहनेछ । परस्पर सहयोगले उन्नति समृद्धिको मार्ग मिल्नेछ । एउटाको गल्ती दोस्रोले छिपाउने प्रयास गर्नेछ  समझदारी राम्रो बढिरहनेछ ।
वृष राशिसँग
वृष राशिसँग धनु राशिमा खरो सम्बन्ध र खटपखापट हुँदै रहन्छ । उनीहरुको षटकाष्ट पर्ने राशि हो । आपसम विवाद, साहस, निरीक्षण, शान्ति आर्श्चर्यजनक रुपले सक्रिय र तँ भन्दा म ठूलो भनेजस्तो हुन्छ । धनु राशिले वृषको भावी तयारीको लागि प्रेरित गर्छ । आम्दानी, खर्च एवं र रचनात्मक कार्यको लागि वृषबाट धनुलाई सहायता मिलिरहन्छ । यिनीहरुको आपसी दुश्मनीबाट पनि झनै नराम्रो छ, केवल परिचय र मित्र मित्रता गरेर पनि पूर्णतः कामकाज नबन्न सक्छ । पति पत्नीका लागि पनि यिनीहरुको जीवन दुर्भाग्यपूर्ण हुनेछ ।
मिथुन राशिसँग
धनु राशिको मिथुनसँगको सम्बन्ध सदैव प्रभावित रहनेछ । यिनको मधुर सम्बन्ध सन्तुलित रहनेछ । आफ्नो आत्मीय सम्बन्धले आफ्नु तर्फएकलाई अर्काले आकर्षा गर्नेछ । आफ्नो योग्यताअनुसार दुवै ठूलो बन्न चाहन्छन् । बीचबीचमा संर्घषको स्थिति आउनेछ  । अन्तमा कसैबाट स्थायी मित्रता बन्नेछन् । यिनको सुरक्षाको भावना अत्यधिक बलवान हुनेछ । मिथुनको लागि धनु राशि विश्वास गर्न योग्य हुनेछ । यिनको सम्बन्ध अधिक उमेरतक सुखदायी हुनेछ । व्यावसायिक भागीदारीमा धनु राशि लाभान्वित हुनेछ । मिथुनको बल सहनु पर्नेछ । अनीति र अन्यायमा दुवै बचन बद्ध हुनेछन् । यिनको विरोधीसँग लड्ने शक्ति भरपूर हुनेछ ।
कर्कट राशिसँग
धनु र कर्कट राशिको सम्बन्ध मध्यमै होला । यिनको षटकाष्ट परेको छ । तापनि मित्र परेको छ । धनु राशिको कर्कटमा आत्म त्यागको प्रेरणा मिल्नेछ ।  कर्कटबाट धनु राशिसँग  एक पक्षीय हितकारी सम्बन्ध रहनेछ । दुवैको सम्बन्धको लामो यात्रा हुनेछ । समस्या पर्नेछ । एकको प्रयत्न अर्कोलाई चुनौति दिनेमा संलग्न हुनेछ । यिनको गु्रपमा एकको प्रति अर्को केही कमजोर भै बस्ने छन् । दोस्रोको लागि यिनी असहनीय हुन जानेछन् र क्रमशः प्रतिद्धन्द्धिता हुन जानेछ । श्रेष्ठजनको बीच बातचित लेखा कानूनस्तरले सम्झौता गरे उत्तम  होला । फेरि प्रतिशोधक भावना मनमा राख्न पनि सक्षम हुनुहुनेछ । पति पत्नीको रुपमा यिनको सम्बन्ध केही समयतक सफल रहनेछ । मित्रता र भागीदारी सम्बन्ध राम्रो हुने छैन ।
सिंह राशिसँग
धनु राशिलाई सिंहबाट संरक्षण मिल्नेछ । किन्तु धनुबाट सिंह भयभीत रहनेछ । कल्पनामा दौडने कुराको प्रभाव पार्न सिंह राशि अभ्यस्त हुनेछ । यथार्थ धरातलमा सत्य र न्यायको लर्डाई गर्नको लागि धनु राशि निष्पक्ष रहनेछ । काल्पनिक जगतमा धनुको साथ सिंहको सर्म्पर्क धन अथवा समय नष्ट गर्नुमात्र हुन सक्छ । धनु भन्दा सिंह बलवान हुनेछ । धनुको सर्म्पर्कले सिंह अतिरिक्त वस्तुको संग्रह तथा सुरक्षा बढाउनेमा पूर्ण र्समर्थ हुनेछ । यिनको सहकर्मी, सहयात्री र व्यापारमा भागीदारी हुन केही लाभ र केही हानि सुचक हुनेछ । यिनको बफादारी अहम् बन्ने बानीले पनि केही बिगार्छ ।
कन्या राशिसँग
धनुराशिको कन्या राशिसँगको सम्बन्ध एक आदर्श समीकरण बन्नेछ । धनुले कन्याको सम्बन्ध मधुर बनाउनेछ । यिनको जीवनमा विनोद या मनोरञ्जनको लागि कुनै स्थान रहनेछैन । आर्थिक व्यवहार नरहेम धनुको भावी जीवनम कन्या राशि प्रयाप्त सहायता दिनेछ । कन्याको प्रयत्नले धनु राशि आफ्नो लक्ष्यउपर बढ्ने छ र सामाजिक एवं आर्थिक स्थिति सुदृढ हुनेछ । यी दुइ राशिको एकले दोस्रोलाई माथि उठाउने भावना रहनेछ । पति पत्नी या भागीदारीको रुपमा यी दुइ एकले अर्काको लाभकारी हुनेछन्, यिनको आदर्श र अनुराग लोकप्रिय हुनेछ ।
 तुला राशिसँग
धनु राशि र तुला राशि बीचको सम्बन्ध राम्रै हुने देखिन्छ । धनुको ग्रह सुरक्षा तथा आर्थिक आधारमा तुला राशिले राम्रो अर्थमा प्रभावित गर्नेछ । आपसमा दुवैको धेरै समय त्यागको आय पनि पछि अधिक सम्बन्ध सुदृढ हुनेछ । धनुले तुलाको सम्बन्ध सफल राख्नेछ । दुवैले एक अर्काको सहयोग गर्नु अधिक कर्तव्य सम्झनेछन् र गर्ने पनि छन् । यदि पारस्परिक निकट रहने भएम दुवैको मेल स्थायी एवं सुखमय हुनेछ । रुढीवादीलाई नमान्ने दुवै राशिको गुण हुनेछ । अन्य राशिवालालाई यिनीहरुले दवाउनेछन् । अर्काको आलोचना सहन पर्नेछ । अधिक सहनुपरेमा यी दुवै मिलेर विद्रोहीसग क्रान्ति गर्नेछन् ।
वृश्चिक राशिसँग
धनु राशिको वृश्चिक राशिसँग सामान्य सम्बन्ध रहनेछ । धनुको कमजोरी ठीक गर्ने र ठीक लाइनमा लाने काम वृश्चिकले गर्नेछ । यात्रा एवं रचनात्मक कार्यको लागि वृश्चिकले धनु राशिलाई प्रेरणा प्रदान गर्नेछ । कुनै महत्वपूर्ण कार्य गर्नको लागि एकले अर्कालाई प्रभावित गर्ने छन् । उसै प्रभावशीलतामा दुवै प्रोत्साहित हुँदै रहन्छन् । धनुबाट वृश्चिकको उच्च शिक्षाको प्रेरणा आध्यात्मिक लाभ तथा नैतिक चरित्रको उपलब्धि हुनेछ । धनुको संगतिले वृश्चिक राशि स्वयं आफ्नो रहस्यलाई जान्न बुझ्न र्समर्थवान हुनेछन् । बौद्धिक स्तरको विषमता यिनीहरुका लागि कष्ठकारी हुनेछैन । शारिरिक र मानसिक सन्तुष्टि राम्रो रहन्छ ।
धनु राशिसँग
धनु राशिसँग धनु राशिको सम्बन्ध मित्रता, सराहनीय हुन्छ । ज्ञान, वुद्धि, विचार र भावनाको परस्पर आदान प्रदान मार्ग पहिल्याउने विस्तारै सही निर्णय गर्न सही ठाँउमा पुग्ने विशेषता हो । मित्रता, भागीदारी या साझेदारीको रुपमा निर्वाह हुनेछ । विवाद पनि हुनेछ । धनु स्त्रीको साथमा धनु पुरुषको पारिवारिक जीवनमा कुनै नराम्रो व्यवहार पनि हुनेछ । यिनको जीवन गुजारा प्रेमपूर्वक हुन्छ तर एकै नक्षत्रको एउटै पाउ भएमा केही हानी हुन सक्छ । क्षणक्षणमा विवाद हुनसक्छ । यिनीहरु एक अर्काको प्रति आशावादी र समर्पित हुनेछन् ।
 मकर राशिसँग
धनु राशिको मकर राशिसँग सामान्य सम्बन्ध रहनेछ । धनुप्रति मकरको आशंका निर्मूल हुनेछ । धनुले मकरको आशा, आकांक्षा, जनसर्म्पर्क एवं रचनात्मक कार्यको उद्देश्य परिपूर्ण गर्नेछ । धनुले मकरको राम्रो सुझबुझ मिलाउनेछ  र संरक्षकको रुपमा एक पे्ररणादायी हुनेछ । धनुप्रति मकरको अत्याधिक आलोचनात्मक रुपमा सम्बन्धको मधुरता हुनेछ । यिनको  कार्य विचार उद्देश्य  एवं मनोरञ्जनमा एकरुपता नआउन सक्छ । फेरि उचित सन्तुलन बनाइराख्न जरुरी हुन जानेछ । पति पत्नीको रुपमा यिनको सम्बन्ध अधिक सफल नहुन सक्छ । व्यापारको साझेदारी भएमा यिनको व्यवहार राम्रो हुनेछ ।
कुम्भ राशिसँग
धनु राशिको कुम्भ राशिसँगको सम्बन्ध लाभकारी नै हुनेछ । आफ्नो स्वभाविक प्रदर्शनले कुम्भको सरलता धनुको लागि प्रेरणादायी हुनेछ । यी दुवैको बीचको मधुरता समाप्त पार्न अन्य राशिहरु सक्रिय हुनेछन् । कुम्भ राशिको श्रृंखलाभित्र धनुले इष्टमित्र, यात्रा, शिक्षा एवं नवीन कार्यको क्षेत्रमा राम्रो प्रभाव गराउनेछ  । पति पत्नीको रुपम गृहस्थ जीवन आरम्भदेखि अन्त्यतक सुखी हुनेछ । आपसमा पति पत्नी, दोस्ती, पाटनर हुनु सफल हुनेछ तर परस्पर र विरोध भएमा हानि हुनेछ । दुवैको पारस्परिक सर्म्पर्कले प्रवास, लेखन, प्रकाशन, पुरुषार्थ बौद्धिक प्रयोग एवं मानसिक सक्रियताको बल शक्ति मिल्नेछ ।
मीन राशिसँग
मीन राशिमा धनु राशिको सम्बन्ध गहिरो हुन्छ र दुइको संयोग भएमा व्यवहार, सहयात्रा, सहवास, हितकारी हुनेछ । धनुदेखि मीनलाई प्रबल शक्ति मिल्नेछ । परस्पर समझदारी प्रेम भावना रहन्छ । नयाँ योजनाको निर्माण त्यसको कार्यान्वयन गर्ने इच्छामा धनु राशिलाई मीनको स्वप्नदर्शी एवं आध्यात्मवादी बन्नेछ । यिनको सम्बन्ध रोमान्टिक बन्नेछ । पति पत्नीको रुपमा गृहस्थ जीवन सुख शान्तिपूर्ण हुनेछ । व्यापारी भागीदारीमा पनि लाभकारी हुनेछ 

Popular posts from this blog

धनु राशी

२०६६ साल » धनु राशी य यो भा भी भू ध फा ढ भे यो २०६६ साल हो । यस वर्षतपाईको राशिको दोस्रो स्थानमा राहु र आठौँ स्थानमा केतु रहेका छन् । त्यसकारण राहु र केतुका स्थानमा प्रभावले तपाईले विभिन्न प्रकारको कष्टको सामना गर्नुपर्ला । होसियार भएर काम गर्नु राम्रो हुनेछ । पुरानु सम्पत्ति नोकरी व्यापार आदिमा विवाद पर्न सक्ला । रोग बिरामीले परिवारमा झमेला होला । कर्जा लिनु दिनु हानिकारक छ । तपाईको भाग्य पक्ष दुर्बले रहला । कार्त्तिक १८ गतेबाट राहु जन्मराशिमा र केतु सातौँ स्थानमा जानाले भोग विलासमा तपाईको रुचि बढ्ला । तपाईको बोलीमा कठोरमा आउला । हरेक ठाँउमा विस्वासी र साहसी बन्नु तपाईका लागि राम्रो हुनेछ । लकिर फकिर भएर कुनै पनि काम नगर्नुहोला । खराब संगत भए त्याग्नुहोला । धार्मिक शिक्षा राजनीति तथा लेखन प्रकाशनका काममा सफलता मिल्ला । गुरु बृहस्पति तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईले कतैको भ्रमण गर्नुपर्ला । पर्यटन, प्रतियोगिता वा प्रतिस्पर्धाको समय सुरु होला । प्रयत्न गरेमा हरेक क्षेत्रमा प्रतिष्ठा कायम होला । नोकरी व्यवासायको पक्ष मध्यम रहला । अनावश्यक खर्च गर्नुपर्ला । दौडधु...

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा भाग्यभावमा बृहस्पति र राहुको योगसम्बन्धले अवसर र बाधा एकसाथ देखापर्नेछन्। लगनशीलताले कामका बाधाहरू पन्छाउन सकिनेछ भने आलस्य गर्ने बानीले पछि पार्न सक्छ। केही संघर्ष गर्नुपरे पनि वर्षारम्भमा राम्रै उपलब्धि हातलागी हुनेछ। प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक रूपमा ख्याति बढ्नेछ। धर्मकर्म तथा परोपकारका काममा प्रवृत्त भइनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम कमाउने मौका छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै दाम्पत्यमा आत्मीयता बढ्ने ग्रहयोग छ । भौतिक र सम्पत्ति लाभ हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जाने अवसर जुर्न सक्छ। साउन २२ पछि कर्मभावमा बृहस्पति प्रवेश गर्नाले कर्मक्षेत्र सबल बन्नुका साथै नयाँ कामसमेत शुभारम्भ हुन सक्छ। शनिदेवको फागुन ५ सम्म आद्य र उप्रान्तको मध्य साढेसातीले आर्थिक पक्ष भने कमजोर बनाउन सक्छ। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न बाधा आइपर्ने सम्भावना छ। साढेसातीको प्रभाव हुनेहरूले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ। यो वर्ष तुलनात्मक रूपमा स...

धनु राशि वार्षिक राशिफल २०८२

राशि: धनु (Sagittarius) | स्वामी: बृहस्पति | रंग: पहेंलो, निलो | मूलांक: ३, ६, ९ सामान्य वार्षिक फल: प्रिय धनु राशिका साथीहरु, २०८२ साल तपाईंको लागि विस्तार, यात्रा र ज्ञानप्राप्तिको वर्ष हुनेछ। बृहस्पति ग्रहको कृपाले तपाईंलाई optimism, wisdom र नयाँ अनुभवहरु प्रदान गर्नेछ। यस वर्ष तपाईंले long-distance travel, higher education वा spiritual pursuits मा सफलता पाउनुहुनेछ। तर, overconfidence र impatience बाट सावधान रहनुहोला। आफ्नो honesty लाई diplomacy सँग balance गर्नुहोला। New opportunities लाई embrace गर्न तयार हुनुहोस्। करियर र शिक्षा: Career को लागि यो वर्ष excellent छ। Teaching, law, publishing, foreign trade र tourism जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Overseas opportunities आउन सक्छन्। Students ले higher studies र competitive exams मा सफलता पाउनेछन्। New skills सिक्नुहोस्। आर्थिक स्थिति: Financial status मा improvement आउनेछ। Foreign investments र currency exchange बाट लाभ हुन सक्छ। Travel र education मा spending बढ्न सक्छ। Financial planning महत्वपूर्ण छ। वर्षको...