Skip to main content

२०८० | वार्षिक राशिफल

 आसलाग्दो मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर हुँदै यस वर्षको मध्यसम्ममा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बृहस्पति, शनि र केतु अनुकूल हुनाले वर्षभरि भौतिक सुख–सुविधा प्राप्त भइरहनेछन्। बृहस्पति विद्याभावमा रहने हुँदा विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। मनमिल्ने प्रेमप्रात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ। सन्तानसुख प्राप्त हुनाले मनमा खुसियाली छाउनेछ। पराक्रमभावमा शनिको अनुकूल प्रभावले भौतिक स्रोत–साधन जुट्नेछन् र दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। कृषि, पशुपालन, उद्योग र व्यवसायमा फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। शत्रु परास्त हुनुका साथै गुमेको अवसर पुनः प्राप्त हुनेछ। प्रयत्न गर्दा नयाँ उद्योगधन्दा स्थापना गर्न सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। पाचनप्रणालीमा राहुको प्रभावले केही समस्या आउने र उपचारमा खर्च हुने सम्भावना देखिन्छ। सन्तानबारे पनि अलि चिन्तामग्न भइनेछ। वर्षको उत्तरार्धमा सुखभावमा राहु र कर्मभावमा केतु प्रवेश गर्नाले परिवारसुखबाट वञ्चित भएको आभास हुनेछ। अवसरवादीहरूले आफन्तमा विग्रह ल्याई फाइदा उठाउने प्रयत्न गर्नेछन्। परिस्थितिवश नजिकका व्यक्तिसँग सम्बन्धमा चिसोपनो आउनेछ। आँटेका धेरै काम सम्पादन हुनेछन्। तापनि आर्थिक लाभ उठाइसकेको काम अधुरो रहनाले आलोचित बन्नुपर्ला। कृषि, पशुपालन, नोकरी तथा ठेक्कापट्टाबाट भने राम्रै फाइदा हुनेछ। विशेष यन्त्र, सवारीसाधन आदि प्राप्त हुने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ विशेष फाइदा हुनेछ। राहुको प्रतिकूल प्रभावबाट मुक्त रहन विधिपूर्वक ग्रहजप तथा वटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा–आराधना गर्नुहोला। भदौ, मंसिर, पुस र चैत महिना अलि प्रतिकूल हुनेछन्। जेठ, असोज, कार्तिक र फागुन महिना भने विशेष शुभफलदायी रहनेछन्।


२०८० | वार्षिक राशिफल

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) 

Comments

Popular posts from this blog

पुष २०८० धनु राशि को राशिफल

  पुष महिनामा समग्रमा सकारात्मक महिना रहेको छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ । महिनाको उत्तरार्धबाट र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवालयको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु राशि वार्षिक राशिफल २०८२

राशि: धनु (Sagittarius) | स्वामी: बृहस्पति | रंग: पहेंलो, निलो | मूलांक: ३, ६, ९ सामान्य वार्षिक फल: प्रिय धनु राशिका साथीहरु, २०८२ साल तपाईंको लागि विस्तार, यात्रा र ज्ञानप्राप्तिको वर्ष हुनेछ। बृहस्पति ग्रहको कृपाले तपाईंलाई optimism, wisdom र नयाँ अनुभवहरु प्रदान गर्नेछ। यस वर्ष तपाईंले long-distance travel, higher education वा spiritual pursuits मा सफलता पाउनुहुनेछ। तर, overconfidence र impatience बाट सावधान रहनुहोला। आफ्नो honesty लाई diplomacy सँग balance गर्नुहोला। New opportunities लाई embrace गर्न तयार हुनुहोस्। करियर र शिक्षा: Career को लागि यो वर्ष excellent छ। Teaching, law, publishing, foreign trade र tourism जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Overseas opportunities आउन सक्छन्। Students ले higher studies र competitive exams मा सफलता पाउनेछन्। New skills सिक्नुहोस्। आर्थिक स्थिति: Financial status मा improvement आउनेछ। Foreign investments र currency exchange बाट लाभ हुन सक्छ। Travel र education मा spending बढ्न सक्छ। Financial planning महत्वपूर्ण छ। वर्षको...

धनु राशी

२०६६ साल » धनु राशी य यो भा भी भू ध फा ढ भे यो २०६६ साल हो । यस वर्षतपाईको राशिको दोस्रो स्थानमा राहु र आठौँ स्थानमा केतु रहेका छन् । त्यसकारण राहु र केतुका स्थानमा प्रभावले तपाईले विभिन्न प्रकारको कष्टको सामना गर्नुपर्ला । होसियार भएर काम गर्नु राम्रो हुनेछ । पुरानु सम्पत्ति नोकरी व्यापार आदिमा विवाद पर्न सक्ला । रोग बिरामीले परिवारमा झमेला होला । कर्जा लिनु दिनु हानिकारक छ । तपाईको भाग्य पक्ष दुर्बले रहला । कार्त्तिक १८ गतेबाट राहु जन्मराशिमा र केतु सातौँ स्थानमा जानाले भोग विलासमा तपाईको रुचि बढ्ला । तपाईको बोलीमा कठोरमा आउला । हरेक ठाँउमा विस्वासी र साहसी बन्नु तपाईका लागि राम्रो हुनेछ । लकिर फकिर भएर कुनै पनि काम नगर्नुहोला । खराब संगत भए त्याग्नुहोला । धार्मिक शिक्षा राजनीति तथा लेखन प्रकाशनका काममा सफलता मिल्ला । गुरु बृहस्पति तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईले कतैको भ्रमण गर्नुपर्ला । पर्यटन, प्रतियोगिता वा प्रतिस्पर्धाको समय सुरु होला । प्रयत्न गरेमा हरेक क्षेत्रमा प्रतिष्ठा कायम होला । नोकरी व्यवासायको पक्ष मध्यम रहला । अनावश्यक खर्च गर्नुपर्ला । दौडधु...