प्रारम्भमा भाग्यभावमा बृहस्पति र राहुको योगसम्बन्धले अवसर र बाधा एकसाथ देखापर्नेछन्। लगनशीलताले कामका बाधाहरू पन्छाउन सकिनेछ भने आलस्य गर्ने बानीले पछि पार्न सक्छ। केही संघर्ष गर्नुपरे पनि वर्षारम्भमा राम्रै उपलब्धि हातलागी हुनेछ। प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक रूपमा ख्याति बढ्नेछ। धर्मकर्म तथा परोपकारका काममा प्रवृत्त भइनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम कमाउने मौका छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै दाम्पत्यमा आत्मीयता बढ्ने ग्रहयोग छ । भौतिक र सम्पत्ति लाभ हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जाने अवसर जुर्न सक्छ। साउन २२ पछि कर्मभावमा बृहस्पति प्रवेश गर्नाले कर्मक्षेत्र सबल बन्नुका साथै नयाँ कामसमेत शुभारम्भ हुन सक्छ। शनिदेवको फागुन ५ सम्म आद्य र उप्रान्तको मध्य साढेसातीले आर्थिक पक्ष भने कमजोर बनाउन सक्छ। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न बाधा आइपर्ने सम्भावना छ। साढेसातीको प्रभाव हुनेहरूले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ। यो वर्ष तुलनात्मक रूपमा स...