Skip to main content

२०७२ सालको बार्षिक राशि फल

ग्रह गोचर प्रतिकूल रहनेछ । समस्याहरू धेरै आउनेछन् । कान कमजोर भएकोले विनाकारण शंका उपशंका आफन्तहरुसँगबढ्नेछ । मानसिक तनाव उच्च विन्दुमा पुग्ने, निकटजनहरुसँग बिना कारण टाढिनु पर्ने आवस्था आउन सक्छ । घरेलु समस्याले घरै छोड्ने स्थिति आउन सक्छ । पेटको रोग बढ्ने, उच्च रक्त चापबढ्ने र खर्चधेरै हुने योगछ । झुटाआरोप पनि लाग्नेछन् ।नोकरीमा पटक पटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सृर्जनाहोला । रोजगारीकोलागि निकै भौंतारिनु पर्ला । राजनीतिमा चारैतिरबाट आक्रमण हुनेछ, सानो कुराले पनि पद तथा प्रतिष्ठा गुम्न सक्छ, दाजुभाइसँग सम्वन्ध विग्रनेछ । सहयोगी र सेवकहरू छोडेर जाने धम्की दिन थाल्नेछन् । सन्तानसँग विमति, पति–पत्नीबीच विवाद बढ्ने भएकोले शर्तक हुनु पर्ला । आषाढ २६ देखि गुरु अनुकूल भएकाले भाग्य बलियो हुने,शैक्षिक क्षेत्रमा सुधार आउने, सन्तानहरुसँगको सम्वन्धमा सुधार आउने हुनाले मनोबल बढ्नेछ । धार्मिककार्यमा रुचि बढ्ने, व्यापारमा सुधार आउने, पति–पत्नीबीच विग्रिएको सम्वन्ध राम्रो हँुदैजानेछ । वैदेशिक कार्य सफल हुनेछन्, माघदेखि राहुको परिवर्तनले नोकरीमा आउने अवरोध हटेर जानेछन् ।राजनीतिमा आउने समस्या हटेर जानेछन् खर्चबढ्ने क्रम भने योसालभरि कायम रहने देखिन्छ । ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन, महिनामा गरेका प्रयासहरू सकारात्मक हुनेछ ।श्रावण, मार्गर चैत्रमा धेरै समस्या आउन सक्ने भएकोले महत्वपूर्ण कामहरू आश्विन, कार्तिक र फाल्गुनमा गर्नु वेश हुनेछ । ‘ॐ हँ हनुमते रुद्रात्मकाय हँु फट्’ यो मन्त्रको जप विहान विहान कम्तीमा १०८ गर्नुभएमा सर्वोत्तम हुनेछ । 

Comments

Popular posts from this blog

धनु राशी

२०६६ साल » धनु राशी य यो भा भी भू ध फा ढ भे यो २०६६ साल हो । यस वर्षतपाईको राशिको दोस्रो स्थानमा राहु र आठौँ स्थानमा केतु रहेका छन् । त्यसकारण राहु र केतुका स्थानमा प्रभावले तपाईले विभिन्न प्रकारको कष्टको सामना गर्नुपर्ला । होसियार भएर काम गर्नु राम्रो हुनेछ । पुरानु सम्पत्ति नोकरी व्यापार आदिमा विवाद पर्न सक्ला । रोग बिरामीले परिवारमा झमेला होला । कर्जा लिनु दिनु हानिकारक छ । तपाईको भाग्य पक्ष दुर्बले रहला । कार्त्तिक १८ गतेबाट राहु जन्मराशिमा र केतु सातौँ स्थानमा जानाले भोग विलासमा तपाईको रुचि बढ्ला । तपाईको बोलीमा कठोरमा आउला । हरेक ठाँउमा विस्वासी र साहसी बन्नु तपाईका लागि राम्रो हुनेछ । लकिर फकिर भएर कुनै पनि काम नगर्नुहोला । खराब संगत भए त्याग्नुहोला । धार्मिक शिक्षा राजनीति तथा लेखन प्रकाशनका काममा सफलता मिल्ला । गुरु बृहस्पति तपाईको राशिको तेस्रो स्थानमा भ्रमण गर्दै हुनाले तपाईले कतैको भ्रमण गर्नुपर्ला । पर्यटन, प्रतियोगिता वा प्रतिस्पर्धाको समय सुरु होला । प्रयत्न गरेमा हरेक क्षेत्रमा प्रतिष्ठा कायम होला । नोकरी व्यवासायको पक्ष मध्यम रहला । अनावश्यक खर्च गर्नुपर्ला । दौडधु

२०७३ सालको बार्षिक राशि फल

प्रारम्भमा भाग्यभावमा बृहस्पति र राहुको योगसम्बन्धले अवसर र बाधा एकसाथ देखापर्नेछन्। लगनशीलताले कामका बाधाहरू पन्छाउन सकिनेछ भने आलस्य गर्ने बानीले पछि पार्न सक्छ। केही संघर्ष गर्नुपरे पनि वर्षारम्भमा राम्रै उपलब्धि हातलागी हुनेछ। प्रतिभाको उच्च मूल्यांकन हुनुका साथै सामाजिक रूपमा ख्याति बढ्नेछ। धर्मकर्म तथा परोपकारका काममा प्रवृत्त भइनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्दै नाम, दाम र इनाम कमाउने मौका छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै दाम्पत्यमा आत्मीयता बढ्ने ग्रहयोग छ । भौतिक र सम्पत्ति लाभ हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जाने अवसर जुर्न सक्छ। साउन २२ पछि कर्मभावमा बृहस्पति प्रवेश गर्नाले कर्मक्षेत्र सबल बन्नुका साथै नयाँ कामसमेत शुभारम्भ हुन सक्छ। शनिदेवको फागुन ५ सम्म आद्य र उप्रान्तको मध्य साढेसातीले आर्थिक पक्ष भने कमजोर बनाउन सक्छ। जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई विभिन्न बाधा आइपर्ने सम्भावना छ। साढेसातीको प्रभाव हुनेहरूले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउँदा फाइदा हुनेछ। यो वर्ष तुलनात्मक रूपमा स